एजेन्सी । इङ्ल्यान्डविरुद्ध जारी टि-२० आई सिरिजको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । बिर्मिङ्हाममा जारी खेलमा भारतले इङ्ल्यान्डलाई जीतको लागि १ सय ७१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७० रन बनाएको हो । ओपनर रोहित शर्मा र ऋषव पन्तले भारतलाई राम्रो शुरुवात दिलएपनि डेब्यु खेल खेलेका रिचार्ड ग्लेसनले रोहित शर्मा, विराट कोहली र ऋषव पन्तलाई पभिलियन पठाउँदै इङ्ल्यान्डलाई खेलमा फर्काएका थिए ।
भारतको लागि रविन्द्र जडेजाले सर्वाधिक ४६ रन बनाए । उनले २९ बलमा ५ चौका प्रहार गरे । कप्तान रोहित शर्माले २० बलमा ३ चौका र २ छक्कासहित ३१ रन बनाउँदा ऋषक पन्तले २६ रन जोडे । उनले १५ बलमा ४ चौका र १ छक्का हिर्काए । यस्तै सुर्यकुमार यादवले १५, हर्सल पटेलले १३ र हार्दिक पाण्ड्य र दिनेश कार्तिकले १२/१२ रनको योगदान गरे ।
इङ्ल्यान्डको लागि क्रिस जोर्डनले ४ ओभरमा २७ रन दिएर ४ विकेट लिए । रिचार्डले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चेर ३ विकेट लिए ।