‘सिल्ली फो’को ‘चार इन्चको स्यान्डिल’

काठमाडौं । आगामी शुक्रबार अर्थात असार ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ’सिल्ली फो’को दोस्रो गीत रिलिज गरिएको छ । ’चार इन्चको स्यान्डिल’ बोलको गीतमा अभिनेत्री केकी अधिकारी, रवीन्द्र झा, दिनेश रेग्मी लगायतका कालाकरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीततमा निर्देशक सानेको शब्द रचना तथा पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीतमा दीपक लिम्बु र प्रिति आलेको स्वर छ ।

राजबहादुर साने निर्देशित सिनेमाले दर्शकलाई फुल मनोरञ्जन दिने ट्रेलरमा देख्न सकिन्छ । कमेडी जनरामा पहिलो पटक काम गरेकाले पनि आफूले सिल्ली फोबाट धेरै कुरा सिक्न पाएको निर्देशक साने दाबी गर्छन् । ह्याप्पी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमामा मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।

सिनेमामा रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा जयमन बिश्वकर्माको अभिनय रहेको छ ।

सिनेमामा दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेको, छायांकन, देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन, अनन्त घिमिरेको कलर, मदन बास्तोलाको भीएफएक्स, साहिल खानले ट्रेलर काटेका हुन् । वितरणको जिम्मा श्रीराम बालाजी फिल्मसले लिएको सिनेमाको डिजिटल राइट्स साइराम पिक्चर्सले किनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *