बुढीगंगा मतगणना अपडेटः ३६४३ गन्दा एमालेले कटायो २ हजार, कसको मत कति?

बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँ २१९६ मतका साथ अगाडि छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३६ मत प्राप्त गरेका छन्।

त्यस्तै, उपप्रमुखमा एमालेकी मायाकुमारी खड्का कुवँर २१४२ मत ल्याउँदै अगाडि छिन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकी रीता शाहीले १२६६ मत ल्याएकी छिन्। अहिलेसम्म ३ हजार ६ सय ४३ मत गणना भएको बताइएको छ। नगरपालिकाको वडा नम्बर १, ९ र १० को मत गणना सम्पन्न भइसकेको छ।

वडा नम्बर १ को अध्यक्षमा एमालेका रणबहादुर थापा विजयी भएका छन् भने ९ मा एमालेकै मीनबहादुर सिंह र १० मा पनि एमालेकै दलबहादुर साउद विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *