एक लाख ७० हजार घुससहित सव इञ्जिनियर पक्राउ

वीरगंज । शहरी विकास तथा भवन कार्यालय पर्साका सवइञ्जिनियर रुपेशकुमार दुवेलार्ई प्रहरीले एक लाख ७० हजार घुससहित पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–.१० स्थित भवन कार्यालयमा सेवाग्राहीबाट घुस लिँदै गरेको बेला वडा प्रहरी कार्यालय बिर्ताको टोलीले दुवेलाई मंगलबार पक्राउ गरेको हो ।

सवडिभिजन वन कार्यालय वसन्तपुर र सव डिभिजन वन कार्यालय मनवामा १७ लाखको लागतमा निर्माण भएको तीन/तीन कोठे भवनको मूल्याङ्कन गरी दिने बहानामा ठेक्दारबाट रकम लिँदै गरेको बेला दुवे पक्राउ परेको वडा प्रहरी कार्यालय बिर्ताका इन्चार्ज प्रहरी निरीक्षक विकास मल्लले जानकारी दिए ।

पक्राउ परेका दुवेलाई आवश्यक अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ । मुल्याङ्कनको १० प्रतिशत रकम दिएपछि मात्र काम गर्ने भन्दै आएका दुवेलाई स्थानीय प्रशासनको सहयोगमा पक्राउ गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *