१०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। बुधबार सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यस्तै बुधबार चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँ कायम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *