व्यापारघाटा पौने १६ खर्ब नाघ्यो

काठमाडौं। चालू आर्थिक वर्षको जेठसम्ममा देशको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि जेठसम्मको ११ महीनामा १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

निर्यात १ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । आयातको सूचीमा सबैभन्दा माथिबाट क्रमशस् डिजेल, पेट्रोल, एलपीजी ग्यास, कच्चा फलामलगायत छन् । जेठसम्ममा सबैभन्दा बढी १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँको डिजेल आयात भएको छ ।

निर्यातको पहिलो नम्बरमा भटमासको तेल छ । ११ महीनामा नेपालबाट ४६ अर्ब ५८ करोड रुपैयाँ बराबरको भटमास तेल निर्यात भएको छ ।

नेपालले भटमास तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्ने भएकाले आयातको चौथो नम्बरमा यसकै कच्चा तेल छ । ११ महीनामा ५३ अर्ब २५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात भएको भन्सारको तथ्यांकमा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *