सुक्खा बन्दरगाहको सुक्खा बिजनेस

काठमाडौं। देशको सबैभन्दा ठूलो व्यापारिक हव काठमाडौं उपत्यकासँग जोडिएको चोभारस्थित सुक्खा बन्दरगाह सञ्चालनमा आएको आठ महिना पुगेको छ । काठमाडौं निजगढ फास्ट ट्र्याकसँग जोडेर यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिएर बनाएको हो ।

डेढ अर्ब रुपैयाँ खर्च गरेर तयार भएको बन्दरगाहको आर्थिक लाभ भने शून्य जस्तै भएको छ। अहिलेसम्म व्यावसायिक दृष्टिबाट हेर्दा सुक्खा बन्दरगाह सुक्खा जस्तै बनेको अवस्था छ।

बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन राजधानी काठमाडौंमै बनाइएको सुक्खा बन्दरगाह अहिलेसम्म पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।

भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालको कुल निर्यातमा यसको हिस्सा ०.०१ प्रतिशत छ भने आयातमा ०.०३ प्रतिशतमात्रै रहेको छ।

विभागका अनुसार कात्तिक महिनासम्ममा चोभार भन्सार कार्यालयबाट ३३ लाख ८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । आयात पनि १५ करोड ६८ लाख ८४ हजार रुपैयाँमा सीमित छ। यसअघि असोजसम्ममा १० करोड ८२ लाखको आयात भएको थियो।

पछिल्लो एक महिनामा कुल ४ करोड ८६ लाख रुपैयाँको आयात भएको छ। कुल निकासी साउन महिनाकै हो। भदौदेखि कात्तिकसम्ममा यो भन्सार कार्यालयबाट कुनै पनि वस्तु निकासी भएको छैन । आजको कारोबार दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *