निर्वाचनताका निकालिएको निक्षेप बैंकिङ प्रणालीमा

काठमाडौं । स्थानीय तहको निर्वाचनको एक महिनाअगाडि निकालिएका सम्पूर्ण रकम निर्वाचन सकिएको २० दिनमा बैंकिङ प्रणालीमा भित्रिएको छ ।

गत चैतको अन्तिम सातामा ४३ खर्ब ८९ अर्ब रहेकोमा वैशाखको दोस्रो सातामा आइपुग्दा ४३ खर्ब ६७ अर्बमा सीमित भएको थियो । सो अवधिमा २२ अर्ब रुपैयाँ बैंकिङ च्यानलबाट बाहिरिएको थियो । २७ वटा वाणिज्य बैंकबाट निस्केको सो रकम वैशाखको तेस्रो साताबाट विस्तारै भित्रिएको थियो ।

वैशाखको तेस्रो साता १ अर्ब निक्षेप बढेकोमा चौंथो साता ५ अर्ब थपेको थियो । निर्वाचनको साता भने पुनः ३ अर्ब बंैकिङ च्यानलबाट बाहिरिएको थियो । सोबेला बैंकिङ च्यानलमा ४३ खर्ब ७० अर्ब निक्षेप थियो । बाहिरिएको रकम जेठको पहिलो सातामा ७ अर्ब भित्रिएको थियो ।

सो सातामा ४३ खर्ब ७० अर्बबाट ४३ खर्ब ७७ अर्ब दोस्रो साता ४३ खर्ब ८३ अर्ब निक्षेप जम्मा हुन पुग्यो । चैतको अन्तिम साता ४३ खर्ब ८९ अर्ब निक्षेप रहेकोमा अब भने वाणिज्य बैंकहरूमा सबै रकम भित्री ४३ खर्ब ९० अर्ब पुगेको छ ।

नेपाली मुद्राको आधारमा निक्षेपलाई आधार मान्ने हो भने चुनावताका निकालिएको अझै निक्षेप १ अर्ब भित्रिन बाँकी रहेको छ । गत सातासम्ममा नेपाली मुद्रामा निक्षेप ४२ खर्ब ७८ अर्ब मात्र रहेको छ । गत साता २ अर्ब रुपैयाँ विदेशी मुद्रामा निक्षेप संकलन भएको थियो ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार बैंकहरूको गत सातासम्म निक्षेप कर्जा अनुपात (सीडी रेसियो) ९० दशमलव ३२ प्रतिशत भएको छ । गत सातासम्ममा बैंकहरूको कर्जा घटेपछि यस्तो भएको हो । गत साता बैंकहरूको कर्जा वितरण ४१ खर्ब ९६ अर्ब मात्र रहेको छ ।

अघिल्लो साता बैंकहरूबाट वितरण भएको कर्जा ४१ खर्ब ९८ अर्ब थियो । बैंकहरूले असारसम्ममा निक्षेप कर्जा अनुपता ९० प्रतिशतमा झार्नुपर्ने निर्देशन राष्ट्र बैंकले दिइसकेको छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *