वैदेशिक रोजगार बचतपत्र खुला

काठमाडौं। नेपाल राष्ट्र बैंकले पाँच वर्ष समयावधि हुने ५० करोड रुपैयाँको ‘वैदेशिक रोजगार बचतपत्र २०८४’ बिक्री खुला गरेको छ । बचतपत्र आगामी असार ६ गतेसम्म बिक्री खुला हुने राष्ट्र बैंकले जनाएको छ । यो बचतपत्र निष्कासन यही असार १३ गते हुनेछ भने साँवा भुक्तानी २०८४ असार १३ गते हुनेछ ।

बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवसीय नेपाली आफूले वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी)को नाममा खरिद गर्न सकिने जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *