USAID

जो १ मतले विजयी भए…

काठमाडौं। स्थानीय तह निर्वाचन सम्पन्न भएर मतगणना जारी रहेको छ । अधिकांश पालिकामा मतगणना सम्पन्न भएर निर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ लिएर कार्यभार सुरु गरिसकेका छन् ।

यद्यपि केही पालिकामा अझै मतगणना जारी रहेको छ । सार्वजनिक भएको केही परिणाम निकै रोचक देखिएको छ । कडा प्रतिस्पर्धाका बीचमा केही ठाउँमा १ मतको अन्तरले जित हार भएको छ ।

मधेस प्रदेशको पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन् ।

मधेस प्रदेशकै महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी