स्याङ्जा-२ मा पद्मा अर्याल ३९९ ले अगाडि

सवालिङ । स्याङ्जा निर्वाचन क्षेत्र नं २ मतगणना गए रातीबाट सुरु भएको छ । प्रारम्भिक नतिजा अनुसार नेकपा (एमाले) की पद्मा कुमारी अर्यालले अग्रता लिएकी छन्। अर्यालले २३०४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका धनराज गुरुङले १७०३ मत पाएका छन्। अर्याल ६०१ मतले अग्रता लिएकी छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ३९९ मत पाएका छन् ।

यस्तै स्याङ्जा २ (क) मा पनि नेकपा (एमाले)का मोहन रेग्मी अगाडि छन् । रेग्मीले २४०९ मत पाएका छन् कांग्रेसका भोजराज अर्यालले १८३० मत पाएका छन् । प्रदेशमा एमालेका रेग्मी ५७९ मतले अगाडि छन् । अहिले सम्म गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट ५ गणना गरिएको छ ।

स्याङ्जा–२ मा कांग्रेसका उपसभापति धनराज गुरुङ, एमालेकी सचिव पद्या कुमारी अर्याल र स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङबीच मुख्य प्रतिस्पर्धा छ । स्याङ्जा २ मा एक लाख १६ हजार सात सय ७८ मतदाता मध्ये ७० हजार एक सय ९१ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *