एमाले उपाध्यक्ष बादलको वडामा कांग्रेस विजयी

काठमाडौं। भरतपुर महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका परमेश्वर खनाल विजयी भएका छन् । उक्त वडा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलको गृहवडा हो ।

खनालले २४२८ मतका साथ विजय हासिल गरेका हुन् । एमालेका भक्ति प्रसाद गौतमले २१०१ मत पाए । सो वडामा दुई वटा सदस्य भने एमालेले जितेको छ । निर्वाचित अध्यक्ष खनाल नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका भाइ हुन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *