USAID

गठबन्धन गर्दा हामीलाई घाटा लाग्यो : माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय चुनावबाट अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताएका छन्। मदन-आश्रित स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धन र चुनावी परिणामको बारेमा समीक्षा गर्नुपर्ने भएको बताएका हुन्।

उनले नेपाली काँग्रेस र नेकपा मा‌ओवादी केन्द्रसँग गठबन्धन गरेर चुनावमा जाँदा आफूहरुलाई घाटा लागेको बताए। ‘अहिलेसम्मको निर्वाचनको परिणाम हाम्रा लागि राम्रो छैन। हामी गठबन्धनको गम्भीर समीक्षा गर्छौं,’ उनले भने, ‘हाम्रो सहकार्य र गठबन्धनको पनि समीक्षा हुनेछ।’

नेपालले गठबन्धन गर्दा आफूहरूलाई घाटा लागेको पनि बताए। ‘गठबन्धन गर्दा पनि हामीलाई घाटा लागेको छ,’ उनले भने, ‘केही ठाउँमा राम्रै पनि भएको छ। तर कहाँ राम्रो गर्यौं ? कहाँ त्रुटि गर्‍यौं ? यसबारे कुरा हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *