विश्वले थाहा पाओस्, बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी होः केपी ओली

काठमाडौं, जेठ २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी भएको बताएका छन्। गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा आज शुभकामना दिँदै अध्यक्ष ओलीले भनेका छन्, ‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थल त हुँदै हो, त्यति मात्र होइन। यो बुद्ध दर्शनको उद्गमस्थल पनि हो। यस तथ्यमा विश्वको ध्यान जानु जरुरी छ।

उनले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्त्व रहेको पनि बताएका छन्। उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन तत्कालीन एमाले नेतृत्वको सरकारले सार्थक प्रयास गरेको उल्लेख गरेका छन्। लुम्बिनीमा ५ हजार जनाले एकै पटक ध्यान गर्न सक्ने क्षमताको हल एमाले सरकारले निर्माण गरेको ओलीले भनेका छन्।

उनले भनेका छन्, ‘हामीले आकर्षक पूर्वाधार विकासको माध्यमबाट संसारभरिका बुद्धमार्गीहरुसँगै पर्यटकहरूको आकर्षणको केन्द्रका रूपमा लुम्बिनीको विकासमा उच्च महत्त्व दिएका थियौं। फलस्वरूप आज बुद्धको जन्मस्थललाई सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा लैजान सफल भएका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *