एनपीएल फाइनल : लुम्बिनीद्वारा सुदूरपश्चिमलाई मध्यम विजयी लक्ष्य प्रस्तुत

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई मध्यम विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई जितको लागि १ सय ५६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको हो । लुम्बिनीको लागि दिलिप नाथले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलमा ३ छक्का प्रहार गरे । यस्तै कप्तान रोहित पौडेलले ३०, निरोशन डिकवेलाले २८, अली शेखले २४, डार्सी शर्टले २१, तथा सन्दीप जोरा र रुबिन ट्रम्पलम्यानले समान ४/४ रन बनाए ।

सुदूरपश्चिमको लागि स्कट कुगेलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिँदा हेमन्त धामी, थरिन्दु रत्नायाके र कप्तान दीपेन्द्र सिंह एरीले समान एक/एक विकेट लिए ।

अब लुम्बिनीले जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *