भरतपुरमा रेनु दाहाललाई पछि पार्दै विजय सुवेदी

भरतपुर। भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । महानगरकोे मेयरमा ११ हजार २०७ मत गन्दा एमालेका उम्मेदवार विजय सुवेदीले ३८९९ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ३८५६ मत ल्याएकी छिन् । सुवेदी ४३ मतले दाहालभन्दा अगाडी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १५४८ मत ल्याएका छन् ।

उपप्रमुखमा भने नेपाी कांग्रेसका चित्रसेन अधिकारी ४४३१ मतसहित अग्रस्थानमा छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ३०४१ मत सहित पछ्याइरहेकी छिन् । उनलाई एमालेको समेत समर्थन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *