लुम्बिनी आईपुगे भारतीय प्रधानमन्त्री मोदी, प्रधानमन्त्री देउवाले गरे स्वागत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा उनी लुम्बिनी आएका हुन् । लुम्बिनीमा उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले आज ६ घण्टा लुम्बिनीमा बिताएर स्वदेश फर्कने छन् । उनी प्रधानमन्त्री देउवाको निमन्त्रणमा बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन लुम्बिनी आएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *