भरतपुर महानगरपालिकामा विजय सुवेदीले बढाए अग्रता

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार एमाले राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता लिएका छन् ।

नेकपा एमालेका सुवेदीको अग्रता कायमै छ । ९३७० मतगणना हुँदा गठबन्धनको सर्मथन रहेकी माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मत पाएकी छन् । गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने राप्रपाकी उम्मेदवार हिमला २६५० मत पाएकी छिन् । मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *