रोल्पा । रोल्पाका सात वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् भने १ वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जिल्लाको सदरमुकाम रहेको रोल्पा नगरपालिकाको १ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार खुमबहादुर थापा ९ सय ८७ मत लिई प्यानल सहित विजीय भएका हुन् ।
उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ७० मत ल्याए । थबाङ गाउँपालिका–१ उवामा माओवादी केन्द्रका गोवर्द्धन घर्तीमगर प्यानलसहित विजयी भएका छन् । त्रिवेणी गाउँपालिका–१ करेटीमा माओवादी केन्द्रकै वडा अध्यक्षका उम्मेदवार देउराम घर्तीमगरको प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निकटमप्रतिद्वन्द्वी कांग्रेसका उमेदवार दिलबहादुर घर्तीमगरले ४ सय १२ मत ल्याए । सुनिलस्मृति गाउँपालका–१ घोडागाउँका माओवादी केन्द्रका उम्मेदवार पवन कवर प्यानलसहित विजयी भएका छन् ।
कांग्रेस र एमालेसहितको गठबन्धनका उम्मेदवारलाई पराजित गरेका हुन् । माडी गाउँपालिका–१ मा माओवादी केन्द्रका उम्मेदवार रोहितसिंह घर्तीमगरले ८ सय ९० लिई विजयी भए । कांग्रेस एमालेका गठबन्धनका उम्मेदवार मोहनसिंह वलीले ८ सय ४५ मत ल्याए । ४५ मतान्तरमा वली पराजित भएका हुन् ।
परिवर्तन गाउँपालिका–१ मा पनि माओवादी केन्द्रका उम्मेदवार मैते बुढामगरको प्यानल विजयी भएका छन् । बुढामगर ७ सय ६३ मत ल्याएका हुन् । प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार दिलमन पुनगरको ४ सय ७३ मत ल्याएका थिए । लुंग्री गाउँपालिका(७ मा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन विजयी भएका छन् ।
गंगादेव गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका अमृतबहादुर वलीको प्यानल विजयी भएका छ । उनले ३ सय ८५ मत सहित विजयी हासिल गरेका हुन् । प्रत्यासी एमालेका उम्मेदवारले २ सय ४० मत ल्याएको थियो । रोल्पा जिल्लामा एक नगरपालिका र ९ वटा गाउँपालिका छन् ।
दश पालिकामा ७२ वडा रहेका छन् । मध्यरातिसम्म सबै मतदान केन्द्रबाट पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याइएको थियो । कतिपय पालिकामा शुक्रबार बेलुकादेखि र केही पालिकामा आज बिहानबाट मत गणना भइरहेको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।