USAID

काठमाडौं र ललितपुरमा मदिरा बिक्री वितरणमा रोक

काठमाडौं । आज रातीदेखि १२ बजेदेखि काठमाडौं र ललितपुरमा मदिरा बिक्री वितरणमा रोक लाग्ने भएको छ । आज राति देखि मौन अवधि सुरु हुने भएकाले बैशाख ३० गते मध्य रातीसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिने भएको हो ।

काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयद्वारा जारी छुट्टाछुट्टै सूचनामा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको उल्लेख छ ।

जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासनले जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध हुन लागेको जनाईएको छ । उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै मदिरा बिक्रीमा रोक लगाइसकेका छन् ।

CivActsAd

Leave a Reply

Your email address will not be published.