सातै प्रदेशमा मेडिकल कलेज खोल्दै सरकार

काठमाडौं । सरकारले मेडिकल क्षेत्रलाई व्यवस्थित गर्न भन्दै सातैवटा प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ ।सबै प्रदेशमा मेडिकल स्थापनाका लागि सरकारले तयारी थालेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सातवटै प्रदेशहरूमा सरकारी मेडिकल कलेज खोल्ने प्रस्ताव मन्त्रिपरिषद्सम्म पुगेको छ । खर्बौं रकम मेडिकल शिक्षा अध्ययनका लागि बाहिरिएको भन्दै सबै प्रदेशमा मेडिकल कलेज बनाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले जापान, अस्ट्रेलिया, बंगलादेश, चीन र भारतमा मेडिकल शिक्षा पढ्न जाने विद्यार्थीहरूले वार्षिक रूपमा करिब १ खर्ब ९७ अर्ब खर्च गर्ने गरेको जनाएको छ । सातवटै प्रदेशमा सरकारी मेडिकल स्थापना गर्न सकेमा सो रकम स्वदेशमै रहने भएकाले पनि मेडिकल कलेज स्थापना गर्नु आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालयले निजी क्षेत्रका मेडिकल कलेजलाई पनि सँगसँगै लिएर जानेसमेत बताएका छन् । ‘निजी क्षेत्रलाई विस्थापित गर्ने भन्ने होइन, मेडिकल कलेजलाई पनि सँगै लिएर जाने सरकारको नीति छ,’ उनले भने ।

मन्त्री पौडेलले सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने तयारी गरेको बताउ्रँदै निजी क्षेत्रलाई सँगै लैजान सीटीईभिटीलाई सबै स्थानीय तहमा पु¥याउने गरी तत्काल काम सुरु गर्नुपर्नेसमेत बताएका छन् । सीटीईभिटीलाई पनि सबै स्थानीय तहसम्म पु(याउने कामलाई तत्काल अघि बढाउने निर्णय भएको उनको भनाइ छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *