चिकित्सा शिक्षा आयोगमा भाँडभैलो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले चिकित्सा शिक्षा आयोगको सदस्य सचिवमा सरुवा गरेका सदस्य सचिव शिवकुमार सापकोटाको आयोगका उपाध्यक्षको निर्देशनमा निजी सुरक्षा गार्डले नेमप्लेट हटाएको छ ।

आइतबार बिहान ११ बजे आयोगमा हाजिर गरी कर्मचारीसंगको ब्रिफिङ लिइरहेका सदस्य–सचिव सापकोटालाई उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बैठक कक्षमै पुगेर ववाल गरेर पिएसओ लगाएर बोर्ड फ्याकिदिएका थिए ।

सबै कर्मचारीसंग बैठक बसेका सदस्य सविच सापकोटाले सरकारले गरेको निर्णय मानेर हाजिर भएको बताउदै गर्दा उपाध्यक्ष डागिरीले अधिकार नभएको जिकीर गरेका छन् ।

सदस्य सचिव सापकोटाले सरुवा हुनभएका सदस्य सचिव डा भोजराज काफ्ले र उपाध्यक्ष डा गिरीले हाजिर नगराएका उपसचिव अनुप न्यौपाने र नायब सुब्बा उत्तम श्रेष्ठलाई हाजिर गराएका थिए।

कर्मचारीको लगातार दवावपछि आक्रोशित उपाध्यक्ष डा गिरीले तत्कालै भौतिक उपस्थितिमा हाजिर रजिष्टरमा हाजिर गर्न निर्देशन दिएका थिए । उपाध्योको सो निर्णय कानुन विपरित भएको कर्मचारीको आरोप छ । उनलाई कर्मचारी प्रशासनका अधिकार लिन कानुनले दिदैन । उनले आफ्नै कार्यकक्षमा हाजिर रजिष्ट्रर राखेका छन्।

यसअघि आयोगका उपाध्यक्ष्य डा श्रीकृष्ण गिरीले सरुवा भएका सहसचिव डा भोजराज काफ्लेको सरुवा रोकेपछि आयोगमा भाडभैलो मच्चिएको छ । कर्मचारीमाथि जाइ लाग्न थालेपछि सबै कर्मचारी आन्दोलित भएका छन् ।

उपाध्यक्ष डा गिरीको निर्देशनमा आइतबार कार्यालयमा ब्यापक प्रहरी परिचालन गरिएको थियो । हिजो सोमबार प्रहरीको सुरक्षा घेराभित्र उपाध्यक्ष डा गिरी लगायत कार्यकारी निर्देशक काम गरिरहेका छन् ।

कर्मचारीले डा गिरीको विरुद्धमा आन्दोलनलाई शसक्त बनाउन बताएका छन् । आइतबार भएको घटनापछि कर्मचारीले काम रोक्ने तयारी गरेका छन । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *