डा केसीसँगको वार्ता निष्कर्षविहीन

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहीबारको वार्ता निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठक सरकारी पक्षले तयारी नगर्दा निष्कर्षविहीन बन्न पुगेको हो ।

बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव, स्वास्थ्यसचिव डा रोशन पोखरेल, शिक्षा मन्त्रालयका उपसचिव लक्ष्मी खड्कालगायत सहभागी थिए । केसीको तर्फबाट डा जीवन क्षेत्री, प्रीतम सुवेदी, ओमप्रकाश अर्याल, डा लिजन महर्जन, डा विष्णु पोखरेल सहभागी थिए । तर, सरकारी टोलीले केसीका मागका सम्बन्धमा तयारी नगरेकाले मूल विषयमा छलफल नै भएन ।

‘सरकारी टोलीले तयारी नै गरेको रहेनछ, हामीलाई भुलाउन मात्रै बैठकमा बोलाउनुभयो,’ डा प्रीतम सुवेदीले भने, ‘उहाँहरूले राजनीतिक दल, मन्त्री र प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै हाम्रा माग पूरा गर्नेबारे फेरि वार्तामा बस्ने बताउनुभएको छ ।’ उनका अनुसार अब कहिले वार्तामा बस्ने भन्नेबारे सरकारी पक्षले कुनै जवाफ नै दिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *