‘अद्वितीय प्रतिविम्ब’ फेसन शो

काठमाडौं । नमूना कलेज अफ फेसन टेक्नोलोजीले बिहीबार साँझ ग्राजुएशन फेसन शो आयोजना गरेको छ । सिर्जनात्मक प्रस्तुतिका दृष्टिले नेपाली फेसन बजारमा उत्कृष्ट परिचय स्थापित गरेको उक्त समूहले शोको १६औँ संस्करण प्रस्तुत गरेको हो । काठमाडौँको होटल सोल्टीमा आयोजित शोमा मोडलहरुले आ–आफ्ना प्रस्तुति पस्किएका थिए ।

नमूना कलेजका संस्थापक प्रिन्सिपल ज्ञानीशोभा तुलाधरसहितका मोडलहरू रनवेमा उपस्थिति भएसँगै सुरु भएको उक्त शोमा फरक ११ वटा ‘थिम’ मा विविध ८२ विद्यार्थीको कलात्मक प्रस्तुति आयोजना गरिएको थियो ।

उक्त शोमा २३ मोडल युवती र आठ युवा मोडलको प्रस्तुति थियो । उक्त फेसन शोको कोरियोग्राफी र निर्देशन सञ्चारकर्मी तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेकी थिइन् । अद्वितीय प्रतिविम्ब नाम दिइएको फेसन सो करिब तीन घण्टाको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *