बौद्धबाट अनलाईन बिङ्गो खेलिरहेका १६ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट अनलाईन बिङ्गो खेलिरहेका १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाईन बिङ्गो खेलिरहेको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पा लगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उक्त खाजा घरमा अनलाईन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७४ हजार १ सय ५० रूपैयाँ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर समेत बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *