तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौं । संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी हुन् । समितिले श्रेष्ठको नाम मंगलबार सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने बताएका थिए । श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *