मकवानपुर दुर्घटनाका तीन घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै

हेटौँडा । मकवानपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ ।
अस्पताल ल्याइएका घाइतेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव र तीन वर्षीय सुदन यादव रहेका छन्।

दुर्घटनामा मुकेशको टाउको र ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। त्यसैगरी, सक्षमको शरीरमा भित्री चोट लागेको छ भने उनको अवस्था पनि सामान्य रहेको जनाइएको छ।

तीन वर्षीय सुदनको टाउको र मुखमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ ।घाइते तीनै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *