एजेन्सी । क्याटलान क्लब बार्सिलोना युईएफए युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा गालाटासारेलाई २-१ गोलले पराजित गर्दै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।
दुई टोलीबीचको पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । एनइएफ स्टाड्युमुमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन पेड्रि र पिरे एम्रिक औबमियाङले एक/एक गोल गरे । गालाटासारेको लागि मार्काओले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा गालाटासारेले पराजित हुन पुग्यो ।
पहिलो हाफको २८ औं मिनेटमा मार्काओले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडि बढाएका थिए । ३७ औं मिनेटमा फेरान टोरेसको पासमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए । ४९ औं मिनेटमा डि योङको पासमा औबमियाङले गोल गर्दै बार्सिलोनालाई २-१ गोलको अग्रता दिलाए ।
बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना २-१ गोलले विजयी भयो । जीतसँगै बार्सिलोना क्वाटरफाइनलमा प्रवेश गर्दा गालाटासारे प्रतियोगिताबाट बाहिरिएको छ ।
