एक सातापछि उठ्यो राजधानीको फोहोर

काठमाडौं । एक सातादेखि थुप्रिएको राजधानीको फोहोर मंगलबार दिउँसोबाट उठेको छ । स्थानीय संघर्ष समिति र सरकारबीच सहमति भएपछि हिजोबाट फोहोर उठाउन शुरू भएको हो ।

मन्त्रिपरिषद्को बैठकले ‘र्यापिड एक्सन टाक्स फोर्स’ गठन गरी स्थानीयको माग सम्बोधन गर्ने निर्णय गरेलगत्तै स्थानीय आन्दोलनकारीसँग संवाद गरी त्यसको एक सातापछि फोहोर व्यवस्थापनको अवरोध हटेको हो । स्थानीयसँगको सहमतिलगत्तै मंगलबार दिउँसो साढे २ बजे फोहोर बोकेका सवारीसाधन सिसडोल पुगेका थिए । साथै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध खडा गरे तत्काल कारबाही गर्ने गरी प्रहरी परिचालन पनि गरिएको थियो ।

बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयबासीले विभिन्न २० सूत्रीय माग राखी आन्दोलन गरेका थिए । मन्त्रिपरिषद्को बैठकले स्थानीयको माग सम्बोधन गरेपछि फोहोर विसर्जनको अवरोध हटेको हो । नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *