होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने

काठमाडौ। होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा कुनै कमी आउन नदिन तीनवटै जिल्लाका प्रहरीलाई उच्च सतर्कतामा राखिएको बताए ।

काठमाडौं जिल्लामा मात्र एक हजार ७०० को संख्यामा प्रहरी परिचालन गरिनेछ । त्यस्तै ललितपुरमा ६०० भन्दा बढी र भक्तपुरमा ४०० भन्दा बढी प्रहरी परिचालन गरिने प्रवक्ता एसपी राठोरले बताए ।

उच्छृङ्खल गतिविधि गर्ने, इच्छाविपरीत लोला हान्ने, रङ दल्नेमाथि निगरानी गर्न एक सयभन्दा बढीको संख्यामा परिचालन गरिनेछ । ४५ वटा मोबाइल भ्यान, कन्ट्रोल रूम भेकल, करिब १८० क्विक रेस्पोन्ट टिम लगायतको टिम पनि परिचालन हुने उनको भनाइ छ । राजधानी दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *