एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा म्यानचेस्टर युनाइटेडलाई १-० ले तथा समाग्रमा २-१ गोलले पराजित गर्दै एथ्लेटिको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
दुई टोलीबीचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो । ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा एथ्लेटिकोलाई जीत दिलाउन रेनान लोडीले निर्णायक गोल गरे । पहिलो हाफको ४१ औं मिनेटमा ग्रिजमनको पासमा लोडीले गरेको गोलनै एथ्लेटिकोलाई जीत दिलाउन पर्याप्त रह्यो ।
जीतसँगै एथ्लेटिको म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गर्दा पराजित म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ ।
