रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन मिल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधवारदेखि स्वदेशको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने आन्तरिक रेमिट्यान्सको सीमा घटाएको हो ।

अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने भएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *