USAID

राप्रपाको केन्द्रीय समितिको बैठकमा तीन प्रतिवेदन पेस हुने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा तीन प्रतिवेदन पेस हुने हुँदैछन् ।

अहिले दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने तय भएको वैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको निर्वाचनको तयारी, भावि कार्ययोजना लगायतका विषयमा दुई दिन छलफल हुँदैछ ।

आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । आजको बैठकमा प्रतिवेदन माथि छलफल सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *