एमसीसी संसदमा टेबुल गर्न गठबन्धनबीच सहमति

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने सहमति गरेको छ । बैठकमा सभागी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी सदनमा टेबुल गर्न दिने सहमति भएको जनाए ।

उनले भने,‘एमसीसी सदनमा टेबुल गर्न दिने सहमति भएको छ, एमसीसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । एमसीसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको छ ।’

हिजोमात्रै नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले एमसीसी सदनमा टेबुल गर्न दिनुपर्ने निश्कर्ष निकालेको थियो । गठबन्धनमा आवद्ध मुख्य दलहरु एमसीसी टेबुल गर्न दिने पक्षमा प्रस्तुत भएपछि नेकपा (माओवादी केन्द्र) ले पनि टेबुल गर्नेबारे सहमति जनाएको हो ।

यद्धपी अर्थमन्त्री जनार्दन शर्माले भने एमसीसी टेबुल नगर्ने भएका छन् । उनी विरामी भएर घरमै आराम गरेकोले कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले संसदमा टेबुल गर्ने तयारी छ। यो सँगै माओवादी केन्द्र तत्काल सरकारबाट बाहिरिने सम्भावना पनि नरहेको एक नेताले जनाए ।

तर, एमसीसी पासरफेलको लागि भोटिङमा गएपछि र एमसीसी पास भएको अवस्थामा भने माओवादी केन्द्रले सरकार छोड्ने बुझिएको छ । किनकी माओवादी केन्द्रले यसअघि नै एमसीसीमा मतदान भए विपक्षमा मतदान गर्ने र सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *