काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक अहिले विहान ९ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको आजको बैठकमा गठबन्धनबीच सिट बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल हुने जनाइएको छ ।
सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल बनाइएको भए पनि त्यहाँ सहमति नजुटेपछि शीर्ष नेताहरुबाटै सहमति खोज्ने प्रयास भइरहेको छ ।
गठबन्धनमा रहेका दलहरु आ आफ्नो दाबीबाट पछि नहटेपछि कार्यदलले सहमति जुटाउन सकेको थिएन । बैठकमा नेपाली काँग्रेसले प्रत्यक्षतर्फ एक सय सिटमा दाबी गरेको छ भने अन्य दलहरुले ८० सिट मात्र दिन सकिने अडान राख्दै आएका छन् ।