राष्ट्रियता बिनाको प्रजातन्त्र सुरक्षा कवच र न्यायको छाता बन्न सक्दैनः पूर्वराजा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रियता बिनाको प्रजातन्त्र सुरक्षा कवच र न्यायको छाता बन्न नसक्ने बताएका छन् । ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना वक्तव्य जारी गरी पूर्वराजा शाहले राष्ट्र र राष्ट्रियतासहितको प्रजातन्त्रका लागि जनता र राजा सधैँ एक रही आएको र रही रहने बताएका हुन् ।

उनले प्रजातन्त्रको नाममा पछिल्ला दशकमा भइरहेको अभ्यासले एकतालाई संकटापन्न अवस्थामा पुर्याएको र जनतालाई निराशाको दहमा डुबाउँदै लगेको महसुस हुँदै आएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘जनताद्वारा जनहितका निम्ति प्रतिनिधित्वका आधारमा हुने शासकीय सुप्रबन्ध नै सही प्रजातान्त्रिक प्रणाली हो। राष्ट्रियता बिनाको प्रजातन्त्र, आकाशमा महल बनाएजस्तो हुन्छ। न त्यो कसैको सुरक्षाको कवच, न त्यो कसैको न्यायको छाता बन्न सक्छ।’ उनले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नरहेको उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *