डडेल्धुरामा ‘स्मार्ट लकडाउन’

डडेल्धुरा । कोरोना महामारी संक्रमण बढ्न थालेपछि डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन लागू गरिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन शुरू गरिएको जनाएको छ ।

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरेर यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोगगरी स्मार्ट लकडाउन गरिएको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *