मासिक झन्डै ४ अर्ब घाटामा एनओसी

काठमाडौं, माघ १८। पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै  ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल घाटा वृद्धि भएको निगमले जानकारी दिएको छ । निगम ग्यासको विक्रीबाट पाक्षिक रूपमै २ अर्ब २४ करोड घाटामा छ ।

ग्यास विक्रीबाट अधिक घाटा बेहोर्दा निगमको कुल घाटा बढेको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको कारोबारमध्ये अधिक घाटा ग्यासबाट नै भएको जानकारी दिए । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *