USAID

केसरमहलमा स्वार्थ समूहको नजरः व्यापारीकरण गर्न लागिएको आशंका

काठमाडौं। राजधानी काठमाडौंस्थित नारायणीहिटी दरबार सङ्ग्रहालयको बगलमै अर्को ऐतिहासिक सम्पदा छ– केसरमहल।

राणा प्रधानमन्त्री चन्द्रशमशेर जबराका छोरा हुन् केसरशमशेर। यसबाहेक उनी मन्त्री र प्रधानसेनापतिसमेत भएका थिए। उनी बुवा चन्द्रशमशेरसँग बेलायत जाँदा त्यहाँका दरबार, पुस्तकालय, कलात्मक संग्र्रहालय, बगैंचाहरूबाट प्रभावित भएका थिए। त्यहाँबाट फर्किएर उनले त्यस्तै दरबार, पुस्तकालय र बगैंचा बनाए। उनले बनाएकाले दरबारको नाम केसरमहल रहन पुग्यो। पुस्तकालयको नाम ‘केसर पुस्तकालय’ रहन गयो। महल परिसरमै निर्माण भएको बगैंचा ‘स्वप्न बगैंचा’ कहलियो।

केसरशमशेरको शेषपछि २०२६ साउन १ गते सो दरबार, पुस्तकालय र स्वप्न बगैंचा उनकी पत्नी कृष्णचन्द्रदेवी राणाले तत्कालीन श्री ५ को सरकारलाई हस्तान्तरण गरिन्। त्यसयता त्यो सम्पत्ति केशर पुस्तकालयका नाममा छ। पुस्तकालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत छ। उक्त महल परिसरको क्षेत्रफल ३४ रोपनी १ पैसा दुई दाम छ। पाश्चात्य शैलीमा निर्माण भएको केसरमहल युरोपेली वास्तुकला र शैलीको बेजोड नमुना हो। जहाँ ऋतुअनुसारका सयनकक्ष, कलात्मकताले भरिपूर्ण भित्ता, झ्याल, कोठाहरू छन्।

दरबारमा ५६ कोठा, दुई सभाहल, फराकिलो चोक, ५० वटा शौचालय छन्। यसैभित्र नेपालको उत्कृष्ट केसर पुस्तकालय छ। पुस्तकालयमा युनेस्कोले सूचीकृत गरेका सुश्रुतसंहितालगायतका झन्डैं ६० हजार पुस्तक छन्। यस्तै सयौं जीवजन्तुका आखेटोेपहार पनि सङ्ग्रहित छन्। परिसरमा संसारकै उत्कृष्टमध्ये गनिने स्वप्न बगैंचा छ, जसमा दैनिक हजारभन्दा बढी पर्यटक पुग्ने गर्छन्।

त्यही सम्पदामाथि ‘स्वार्थ समूह’ को नजर लाग्न थालेको छ। उनीहरू यसलाई व्यापारिक प्रयोजनमा लगाएर लाभ उठाउने प्रपञ्चमा जुटेका छन्। जसमा राज्यसंयन्त्रले नै सहयोगीका रूपमा भूमिका खेलिरहेको आरोप लागेको छ। त्यससम्बन्धमा भएका गतिविधिले पनि आशंका गर्न प्रशस्त ठाउँ दिएका छन्। नागरिक दैनिकबाट

CivActsAd

Leave a Reply

Your email address will not be published.