सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक बस्दै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सङ्घीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आज बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको सरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको हो ।

संसद सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार आज (आइतबार) दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *