फेरि बढ्यो कोरोना मृत्युदर

काठमाडौं । कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो दिन तीन जना सङ्क्रमितको मृत्यु भएकोमा शनिबार १६ जनाको मृत्यु भएको छ ।

विज्ञहरूले कोरोना सङ्क्रमितको मृत्यु बढ्नुलाई ओमिक्रोन भेरियन्टको प्रभाव भन्न थालेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६५१ पुगेको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले हाल नेपालमा कोरोना भाइसरका ओमिक्रोन र डेल्टा दुवै प्रकारको सङ्क्रमण रहेको बताए । उनले हालै पनि दैनिक तीन–चार जना सङ्क्रमितको मृत्यु भइरहेको जानकारी दिँदै शनिबार १६ जना पुग्नुलाई ओमिक्रोनको प्रभाव बढेको हुनसक्ने बताएका छन्।

डा पुनले ओमिक्रोन प्रकार कडा नभए पनि वृद्ध र खोप नलगाएकालाई त्यसले असर गरिरहेको जानकारी दिँदै त्यो वर्गका व्यक्तिमा समस्या कडा हुनसक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

ओमिक्रोनले डेल्टालाई प्रतिस्थापन गरिसकेको भन्दै उनले डेल्टा भाइरस ओमिक्रोनभन्दा घातक रहेको बताए । ओमिक्रोन आइसकेपछिका मृतकको तथ्याङ्कअनुसार ३४ जनामध्ये ३० जना खोप नलगाएका रहेको बताइएको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *