पर्यटनमा ‘ओमिक्रोन’ प्रभाव

काठमाडौं,। सन् २०२१ को ११ महिनामा एक लाख २६ हजार बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अंग्र्रेजी वर्षको जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार दुई सय ८३ पर्यटक नेपाल भित्रिएका हुन्।

नेपाल भित्रिएका विदेशीमध्ये सबैभन्दा बढी नोभेम्बरमा एक लाख २६ हजार दुई सय ३५ जना छन्। उक्त संख्या हवाई माध्ययमबाट मात्रै नेपाल भित्रिएकाको हो।

सन् २०१९ को नोभेम्बरमा मात्रै एक लाख ३० हजार तीन सय दुई जना विदेशी पर्यटक भित्रिएका थिए। २०१९ मा ११ लाख ७२ हजार ७२ बाह्य पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ।

जुन नेपालमा कोरोना भाइरसको सुरुवात हुनुअघिको तथ्यांक हो। त्यस्तै, सन् २०२० दोस्रो अन्तिम महिनामा एक हजार नौ सय ५६ जना विदेशी नेपाल आएको देखिन्छ।

२०२० भर कोरोनाले असर गरेकाले लामो समय अध्यागमन विभाग बन्द रहेको र हवाई उडानसमेत ग्राउन्डेड नहुँदा विदेशी पर्यटक नेपाल आउन पाएनन्।

हालको तथ्यांकअनुसार सबैभन्दा बढी भारतबाट १० हजार चार सय २१ र बंगलादेशबाट एक हजार तीन सय ८२ पर्यटक आएका छन्। साथै नोभेम्बरमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ हजार चार सय ८७ जना नेपालबाट बाहिरिएका छन्।

बोर्डको तथ्यांकअनुसार यो वर्ष सबैभन्दा बढी पर्यटक अक्टोबरमा नेपाल भित्रिएका छन् भने सबैभन्दा कम जुन महिनामा भित्रिएको देखिन्छ। जनवरीमा आठ हजार आठ सय ७४, फेब्रुअरीमा नौ हजार एक सय ४६, मार्चमा १४ हजार नौ सय ७७,अप्रिलमा २२ हजार चार सय५०,मेमा एक हजार चार सय ६८, जुनमा एक हजार एक सय ४३, जुलाईमा दुई हजार नौ सय ९१,अगस्टमा पाँच हजार नौ सय १७, सेप्टेम्बरमा नौ हजार आठ सय ९८ र अक्टोबरमा २३ हजार दुई सय ८४ जना विदेशी नेपाल भित्रिएका देखिन्छन्।

पछिल्लो सयम झिनो संख्यामा पर्यटक आगमन बढ्दै गएको देखिए पनि कोभिडको नयाँ भेरियन्टले पर्यटन क्षेत्र त्रसित बन्ने देखिएको छ। सरकारले विभिन्न नौ मुलुकबाट आउने यात्रुको आगमनमा कडाइ गरेसँगै पर्यटन क्षेत्रमा पुनः सुस्ताउन थालेको छ।

महामारी नियन्त्रणमा आएर बाह्य पर्यटक केही मात्रामा बढिरहेको सन्दर्भमा पुनः कोभिड–१९ को ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई त्रसित बनाएको पर्यटन व्यवसायीले बताएका छन्।

विभिन्न मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन सुरु गरेसँगै पर्यटन व्यवसाय पुरानै अवस्था जाने हो कि भन्ने व्यवसायीलाई चिन्ता थपिएको छ।

हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला नपरे पनि विश्वव्यापी चिन्ताको विषय बनेको ओमिक्रोन भेरियन्टले पर्यटन क्षेत्रलाई थप त्रसित तुल्याए पर्यटन क्षेत्र अझै १० वर्षपछाडि धकेलिने व्यवसायीको धारणा छ।

हाल जापान, इजरायल, अस्ट्रेलिया, बेल्जियम, अस्ट्रियालगायत मुलुकले विदेशी नागरिकलाई आफ्नो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइसकेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्टको रोकथाम गर्न जोखिम देखिएका देश हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई रोक लगाएसँगै अब के हुन्छरु भन्ने दुविधामा व्यवसायी देखिएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *