संसद्का एक वर्षः संसद् जोगाउनु नै उपलब्धि

काठमाडौं । प्रतिनिधिसभाको र राष्ट्रिसभाको बैठक माघ ३ गतेसम्म स्थगित भएको छ। संसद् अधिवेशनमा पछिल्लोपटक बैठक नै बस्दै नबसी स्थगित हुँदै आएको छ। हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन मानिए पनि यो अधिवेशनमा एउटा पनि विधेयक संसद्मा टेबुल हुने अवस्था नदेखिएको संसद् सचिवालय स्रोतले बतायो।

सरकारले यो अधिवेशनमा अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० पारित गर्ने योजना बनाए पनि प्रतिपक्षी दल एमालेको सहयोग नपाएपछि संसद् बैठक स्थगित गर्न खोजेको देखिएको एमालेका एक नेताले बताए। ‘सरकारले अन्य विषय अघि बढाउन नखोजेको र एमालेले संसद् अवरुद्ध तत्काल हटाउन नखोजेको देखिन्छ,’ संसद् सचिवालयका एक अधिकारी बताउँछन्।

संसद्मा दुई वर्षदेखि उपसभामुख पद खाली छ। संसद्मा ५७ र्वाौंदेखि अलपत्र छन्, वर्षौंदेखि संसदीय समितिहरू महत्वपूर्ण निर्देशन दिन सकिरहेका छैनन्। संसद् सञ्चालनका लागि विभिन्न दलका सांसदको एकआपसमा गहन छलफलको आवश्यकता पर्दछ तर पाँच दलीय गठबन्धन र एमालेबीचको दूरीका कारण संसदले काम गर्न सकेको छैन।

संसद्को हिउँदे अधिवेशन मंसिर २८ गते बोलाएपछि प्रतिनिधिसभाका तीनवटा र राष्ट्रियसभाका दुईवटा मात्रै बैठक बसेका छन्। पुसको ७ गते बसेको प्रतिनिधिसभाको बैठक अझै बस्न सकेको छैन। पुस १८ बाट २२ हुँदै २८ गते सार्दै लगेको बैठक माघ ३ गतेसम्म स्थगित भएको छ। राष्ट्रियसभा बैठक पुस ५ गते बसेर अनिश्चितकालका लागि स्थगित भएको थियो। त्यसपछि पुस २५ गते बोलाइएकोमा २७ गतेसम्म स्थगित गरियो। त्यसपछि माघको ३ गते बोलाइएको छ।

दुईपटक पुनःस्थापन भएको संसद्ले एउटा पनि विधेयक पारित गरेको छैन। एमाले फुटेपछि एमालेले संसद् अवरुद्ध गर्दै आएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले संसद् नै भंग गरेकाले पहिलो काम संसद् बचाएर यहाँसम्म ल्याउनु रहेको बताउँदै आएका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *