USAID

आगामी निर्वाचनबाट प्रदेश दुईमा एमाले ठूलो पार्टी बन्छः महासचिव पोखरेल

जनकपुरधाम । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश २ मा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । एमाले सिरहाको १०औं जिल्ला अधिवेशनलाई लहानमा शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक ठाउँमा पछार्ने र एमाले प्रदेश २ कै ठूलो दल बन्ने दाबी गरे ।

तराई–मधेसका जनताले अब जातीय र क्षेत्रीय मुद्दाभन्दा विकास खोजिरहेकाले एमालेको लहर तराई–मधेसमा पनि बढ्दै जान थालेको बताउँदै उनले अन्तरद्वन्द्वमा खेलेर एमाले पार्टीलाई कमजोर बनाउन खोज्नेहरू आगामी निर्वाचनबाट परास्त हुने जिकिरसमेत गरे ।

तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै उहाँले जति चाँडो निर्वाचन भयो त्यति चाँडो निकास र विकासको बाटो खुल्ने भएकाले कुनै पनि बहानामा निर्वाचनलाई पर सार्ने काम गर्न नहुने बताए । कार्यक्रममा एमालेको सचिव रघुवीर महासेठ, स्थायी समिति सदस्य प्रभु साह, पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ, केन्द्रीय सदस्यहरु ज्वालाकुमारी साह, सुमनराज प्याकुरेल लगायतले सम्बोधन गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाएको छ ।

CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *