माओवादी नेता शक्ति बस्नेत र सत्या पहाडीलाई कोरोना पुष्टि

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता शक्तिबहादुर बस्नेत दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।

बस्नेतकी पत्नी सत्या पहाडी आफैंले सामाजिक सन्जाल मार्फत् संक्रमणको पुष्टि गरेकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’

माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका अघिकांश नेता कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रचण्डसहितका धेरै नेता अहिले आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *