वालिङ नगरपालीकाले पृथ्वी जयन्तीको अवसरमा सार्वजानिक बिदा दिने

स्याङ्जा । विश्व हिन्दु युवा संघ स्याङ्जाले शुक्रबार वालिङ नगरपालिकामा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजानिक बिदा दिन माग गरेको छ । नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै विश्व हिन्दू युवा संघ स्याङ्जाका अधक्ष्य नबराज पौडेलले देश एकीकरण गरेको व्यक्तिलाई बिर्सनु नहुने कुरा व्यक्त गरेका हुन् ।

ज्ञापन पत्र बुझ्दै वालिङ नगरपालिका मेयर दिलीप प्रताप खाडले पनि राष्ट्रियता सबैभन्दा माथि भएको र हामीले पृथ्वी नारायण शाहलाई बिर्सन नहुने कुरा व्यक्त गरे । यससँगै उनले पौष २७ गते राष्ट्रिय एकता दिवसको अवसरमा बिदा दिने कुरा जानकारी गराए । उनले विश्व हिन्दू युवा संघ स्याङ्जालाई सधैं सकारात्मक सोच लिएर अगाडि बढ्न सुझावपनि दिए । ज्ञापन पत्र बुझाउन जिल्ला अध्यक्ष नबराज पौडेल, केन्द्रिय सदस्य डण्ड पानी पंगेनी ,समाजसेवी राजु रेग्मी गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *