विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेज हुनुपर्ने माग, निर्वाचन आयोगमा उजुरी

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। कांग्रेसको १४ औं महाधिवेशनबाट सदस्य बनेका चौधरीविरूद्ध सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका हुन् ।

चौधरीविरूद्ध बुधबार केन्द्रिय सदस्य पद खारेज गर्न माग गर्दै उजुरी परेको निर्वाचन कार्यालयले जनाएको छ । चौधरीविरूद्धको उजुरीमा यादवले विधानविपरीत केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग गरेका छन् । यादवले उक्त क्षेबाट केन्द्रीय सद्श्यमा आफ्नो नाम हुनुपर्ने उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *