वालिङमा कृषि तालिम सम्पन्न

स्याङ्जा । स्याङ्जाको वालिङ -१२ सिर्सेकोटमा ३ दिने अर्गानिक कृषि तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिका र वालिङ होल्डिङ प्रोडक्टको संयुक्त रुपमा संचालन भएको कार्यक्रम सोमबार समापन भएको हो ।

समापन कार्यक्रमको प्रमुख अतिथिमा नेपाली कांग्रेसका युवा नेता एवम् प्रदेश अधिवेशन प्रतिनिधि कमल कुँवर थिए । युवा समाजसेवीको रुपमा परिचित कुँवरले कृषिलाई अब नयाँ ढंगबाट परिचालन गर्नु पर्ने र नेपालले अब कृषिमा क्रान्ति गर्नु पर्ने कुरा व्यक्त गरेका थिए । उनले हामीमा भएको सीपलाई प्रयोग गरेर कृषिमा नयाँ आयाम ल्याउनु पर्ने कुरा बताए ।

उनले अर्गानिक तीन दिने कृषि तालिम वालिङ नगरपालिका र वालिङ होल्डिङ प्रोडक्टले साझेदारीमा गरेको कार्यक्रमको प्रसंसा गर्दै धन्यवाद दिनु दिए । कुँवरले आगामी दिनमा पनि किसान केन्द्रित भएर यस्ता कार्यक्रमको अपेक्षा गरे । तालिममा उलेखानिय मात्रामा किसानहरूको उपस्थिति रहेको थियो । अधिकांश कृषकहरूले कार्यक्रम लाभदायी भएको कुरा बताए ।

उनीहरूले वालिङ नगरपालीका र वालिङ होल्डिङ प्रोडक्ट लाई धन्यबाद व्यक्त गरे । तालिममा विशेष गरी बीउ विजन, मल, च्याउ खेती, सुन्तला खेती, कागती लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । प्रशिक्षकमा कस्तुरी थापा, नविना श्रेष्ठ कुँवर र संदेश अर्यालले कृषकहरुलाई सीप सिकाएका थिए ।

– नवराज पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *