हिन्दी फिल्मको सिको, छोराको विहेमा हेलिकप्टर चार्टर्ड

काठमाडौं । बाराको सिम्रौनगढ नगरपालिका निवासी जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेका छन्। जोगी खाद्यान्न व्यापारी हुन्।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका हुन्। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह भएको छ। साह हेलिकप्टर चढेर बेहुलीको घर पुगेका थिए।

हेलिकोप्टरका लागि जोगीले तीन लाख ८० हजार तिरेका छन्। छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छा देखाएपछि आफूले महंगो भाडा तिरेर भएपनि हेलिकम्पट चार्टर्ड गरेको जोगीले बताए।

‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, जोगीले भने, ‘बेहुलाले नै त्यस्तो इच्छा देखाएपछि पूरा गर्नैप–यो।’ उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए। छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले सुनाए।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए। ‘हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भने, ‘बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो।’छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *