राष्ट्र बैंक अध्ययन : ठूला उद्योगलाई आईपीओमार्फत क्षमता बढाउने अवसर

काठमाडौं। पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको हो ।

राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनले वागमती प्रदेशभित्रका उद्योगहरूको हकमा यस्तो सम्भावना रहेको देखाएको हो । पछिल्लो समय नेपाली पूँजीबजारमा सर्वसाधारणको आकर्षण बढेको छ ।

आम सर्वसाधारणले अनलाइनमार्फत नै पूँजीबजारमा लगानी गर्दै आएका छन् । कुनै कम्पनीले आईपीओ निष्कासन गर्दा २४/२५ लाख जनाले आवेदन दिने गरेका छन्, त्यो अवस्थामा वागमती प्रदेशका उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गर्ने अवसर हुने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसबाट उद्योगको उत्पादनसमेत बढ्न सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

मुलुकका अधिकांश ठूला उद्योग वागमती प्रदेशमा नै छन् । अन्य प्रदेशका उद्योगका कर्पोरेट कार्यालयहरू पनि वागमतीमै छन् । त्यसमाथि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) यही छन् । साथै, मर्चेन्ट तथा क्यापिटल कम्पनीहरू पनि यही प्रदेशमा छन् । आर्थिक अभियान दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *